दार्चुला । दार्चुलामा “ट्याक्टर बहस” कार्यक्रम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीको नव प्रवतनिय कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनमा जिल्लाभरीका ट्याक्टर धनी, चालक, सहचालक, सर्वसाधारण र ट्राफिक प्रहरीको उपस्थितिमा “ट्याक्टर बहस” कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालन गरिएको हो ।बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी गराईएको छ ।
अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न समेत बहसमार्फत सचेत गराएको छ । कार्यक्रममा ट्याक्टर धनी र चालकहरुलाई अभिमुखिकरण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक क्षत्र बहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया