दार्चुला । एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डनका लागि उडेको एआई१७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो। डाक्टर बस्ने होस्टेलमै जहाज खसेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ। विमानमा १६९ जना भारतीय र ६१ जना विदेशी नागरिक सवार थिए। विदेशी नागरिकमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानडाका नागरिक सवार थिए। विमानमा गुजराजका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको बताइएको छ। घाइतेहरूको तत्काल उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाले आफूलाई स्तब्ध बनाएको र घटना सम्बन्धमा मन्त्री र सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेका छन्।





प्रतिक्रिया