दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुगें पुल मंगलबार दिउँसो दुई बजे २० मिनेटका लागि खुलाइएको छ ।

पुल खुल्दा भारतमा रोकिएका २४ जना स्वदेश फर्किएका छन् । नेपालबाट ५६ जना भारत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

नेपाल भित्रिनेमा एक जना गोरखा जिल्लाका नागरिक र २३ जना दार्चुलाका छन् । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका १३ जना, दुहुँ गाउँपालिकाका पाँच जना, व्याँस गाउँपालिकाका ३ जना, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका एक एक जना रहेका छन् ।

बाहिरिनेमा अधिकासं मजदुरीका लागि विभिन्न सहरमा जाने नेपाली नागरिक रहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि लकडाउनको समयमा गाउँ फर्किएकाहरु भारत जाने क्रम बढ्न थालेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर चैत १० गतेदेखि बन्द गरिएको खलंगा सीमा पुल आवश्यकता अनुसार दुबै देशको स्थानीय प्रशासनको समन्वयमा खुल्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?