भारतको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको भारतीय पत्रिा द दैनिक भाष्करले जनाएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।

भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो, उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?