दार्चुला । एकैदिन दार्चुलाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

एकैदिन दार्चुलामा यति धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो ।

आइतवार महाकाली नगरपालिकाका १ सय ४ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको थियो । कन्ट्रयाक्ट टे«सिङका आधारमा स्वाव संकलन गरी पठाइएका मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ तथा ५८ जनाको नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिनुभयाे ।

पछिल्लो समय दार्चुला सदरमुकाममा कोरोना समुदाय स्तरमा फैलिएको छ । मंगलबार ४६ जना थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ४६ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?