दार्चुला । सुदूरपश्चिामाञ्चल विश्वविद्यालयका विद्यार्थी दिपेन्द्रबहादुर पाल बचाऔं अभियान कंचनपुरमा पनि चलाइएको छ ।

व्यवस्थापन संकाय अन्तर्गत विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी पाल विगत तीन महिनायता ब्लड क्यान्सर र वनम्यारो दुबै रोगले जीवन र मृत्युको दोसाँधमा छन् । दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नम्बर ४ टकना –बुरुस्याका स्थायी बासिन्दा पाल स्वास्थ्य समस्या आएपछि महाकाली अस्पताल भर्नाका हुनुभएको थियो । महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको मायामेट्रो अस्पताल लगिएको थियो । मायामेट्रोमा उपचारका क्रममा विद्यार्थी पाललाई ब्लड क्यान्सर देखिएपछि काठमाण्डौं रिफर गरिएको छ ।

अहिले उँहाको काठमाण्डौंको सिभिल अस्पतालमा उपाचार भईरहेको भएपनि आर्थिक समस्या आईलागेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाई आउन लागेपछि उहाँका साथीहरु र विद्यार्थी नेताहरु उहाँको जीवन रक्षार्थ आर्थिक सहयोग संकलन अभियान नै संचालन गरेर लागिपरेका छन् ।
सामाजिक सञ्जाल तथा प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कका आधारमा आफूहरु पालको उपाचर गर्न रकम संकलनमा लागेको अभियानमा आबद्ध विद्यार्थी शंकरदत्त जोशीले वताउनुभयो । उहाँले सबैलाई मानवीय भाव राखेर सहयोग गर्न विनम्र अनुरोध गर्नुभएको छ । उहाँको ब्लड क्यान्सरको उपचारका लागि ९ लाख र बनम्यारो प्रत्यारोपण गर्न १६ लाख रुपैया गरी जम्मा २५ लाख रुपैया खर्च हुने देखिएकोले सबैलाई सहयोग गर्न अपिल गरेकों दिपेन्द्र बचाऔं अभियानका अध्यक्ष विरु बोहरा, सचिव अपिल ओझा लगायत यो अभियानमा लागि परेको जोशीले बताउनुभयो ।

जोशीले सेवा नै धर्म भएकाले सबैलाई मानवीयता देखाउदै सहयोगको हात अगाडि बढाउन आग्रह गर्नुभयो । मंगलबार देखि सबै व्यापारी, संघसंस्था र सामाजिक क्षेत्र सबै लाई सहयोग माग्दै अभियानको शुरुवात गरिएको उहाँले बताउनुभयो ।

यसअघि दार्चुलाको लेकम गाउँपालिकामा दिपेन्द्र पाल बचाऔँ अभियान सञ्चालन गरेर देश, बिदेशबाट झण्डै साढे छ लाख सहयोग संकलन भइसकेकोे अभियान्ता हरिप्रसाद जोशीले बताउनुभयो ।

लेकम गाउँपालिकाले समेत पालको उपचारमा पाँच लाख रुपैया सहयोग गरेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । उपचारका लागि अझै थप रकम आवश्यक भएकोले आर्थिक सहयोग संकलन भइरहेको जनाइएको छ ।

 

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?