सुदूरपश्चिमका ८६ प्रतिशत संक्रमितले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार एक सय ४४ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका एक हजार ३१, डोटीका नौँ सय ८३ र कञ्चनपुरका सात सय ६३ जना, बाजुराका चार सय ५१ जना, बझाङका चार सय ४१, बैतडीका तीन सय ९१, डडेल्धुराका तीन सय २५ र दार्चुलाका ७१ जना संक्रमित डिस्चार्ज भएका छन्।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार ४३ रहेको छ। ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय २ रहेको छ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?