दार्चुला । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा रहेको धरान–तरहरा सडकबाट प्रहरीले २ हजार १ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ बोरा आलुको बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा ट्रकका चालक धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा रहेका ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई रहेका छन् ।
यसअघि हिजो पनि सशस्त्र प्रहरीले धरान उपमहानगरपालिका वडा नम्बर १३ शिवधाराबाट २ हजार १ सय ३० किलो गाँजा बरामद गरेको थियो ।





प्रतिक्रिया