बैतडीका सिडिओ दीर्घराज उपाध्यायको मन्त्रालय सरुवा, पौडेल आउँदै

दार्चुला । बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको सरुवा भएको छ । गृह मन्त्रालयले उपाध्यायको मन्त्रालयमा सरुवा गरेको हो ।

उपाध्यायको ठाउँमा गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई खटाइएको छ । बैतडीको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा पौडेललाई खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

गएको बर्ष कार्तिक १२ गते उपाध्याय बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका थिए । गृह मन्त्रालयले ११ सिडिओसहित २१ जना सहसचिवको सरुवा गरेको हो । गृहले गुल्मी, इलाम, बैतडी, डोटी, सल्यान, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।

त्यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अध्यागमन प्रमुखको पनि सरुवा गरिएको छ । गृहले गोरखामा रामुराज कडरिया, भोजपुरमा सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, सिन्धुलीमा दिनेश सागर भुसाल, डोटीमा बुद्धबहादुर गुरुङ र सप्तरीमा रामबहादुर शाहीलाई सीडीओको जिम्मेवारी तोकिएको छ ।

सरुवा गरिनेमा रामुराज कडरिया, सुरेश पन्थी, जनार्दन गौतम, सुनिता नेपाल, कल्पना श्रेष्ठ, दीर्घराज उपाध्याय, मोहनराज जोशी, प्रेमप्रसाद भट्टराई, शावित्रा पुन, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, बासुदेव दाहाल, पुण्य विक्रम पौडेल, चोमेन्द्र न्यौपाने, दिनेश सागर भुसाल, नरबहादुर थापा, खिमबहादुर रायमाझी, बुद्धबहादुर गुरुङ, लीलाप्रसाद शर्मा र रामबहादुर शाही रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?