दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ५ दिने अगुवा कृषक तालिम सम्पन्न भएको छ ।
नौगाड गाउँपालिकाको आयोजना तथा जलवायु परिर्वतन स्थानीय अनुकुल परियोजना (एलएसीसीपी) को सहजिकरणमा अगुवा कृषक तालिम सम्पन्न भएको गाउँपालिकाका कृषि अधिकृत प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।
तालिममा नौगाड गाउँपालिका, मार्मा गाउँपालिका अपिहिमाल गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाका २६ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।
तालिमममा सहभागीहरुलाई जलवायु नियन्त्रण,न्यूनिकरण र उन्नत प्रविधि विकासका बारेमा छलफल सहित समिक्षा गरिएको थियो ।
जेठ ३१ गतेबाट सञ्चालन भएको अगुवा कृषक तालिममा गाउँपालिकाका कृषि अधिकृत प्रकाश सिंह धामी, सहजकर्ता धनन्जय जोशी र मानसिंह ठगुन्नाले सहभागीलाई प्रशिक्षण सहित प्रयोगात्मक अभ्यास गराएका थिए ।





प्रतिक्रिया