दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा अवस्थित खान माध्यमिक विद्यालय ऐरिछनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय दार्चुलाको आयोजना एंव मालिकार्जुन गाउँपालिका शिक्षा शाखाको समन्वयमा बुधवार (हिजो) अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको विद्यालयका सहायक प्रध्यानाध्यापक धन सिंह खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा शैक्षिक गुणस्तर सुधारको लागी सामाजिक विकास कार्यालय, शिक्षा शाखा, शिक्षक र अभिभावकहरुबिच खुल्ला छलफल गरिएको थियो । कार्यक्रममा मालिकार्जुन गाउँपालिकाका शिक्षा शाखा अधिकृत लोकेन्द्र सिंह धामीले विद्यार्थीलाई अभिभावकको भुमिकाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै विद्यार्थीको पहिलो पाठशाला घर र अभिभावक भएकाले शिक्षकले पठाएर मात्रै शैक्षिक गुणस्तर सुधार गर्न नसकिने हुँदा आफना बालवालिकालाई शिक्षा र अनुसासन घरबाटै दिनुपर्ने उहाँको धारणा छ ।
कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका विभिन्न पक्षहरु, असल अभिभावकत्व विद्यार्थी अनुसाशनमा अभिभावकको भुमिका लगायतका विषयहरुमा छलफल गरिएको विद्यालयका खरिदार केशव सिंह धामीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धनसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया