युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क

दार्चुला । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ ।

डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी पनि उपस्थित थिए । गृह र पर्यटन मन्त्रालयबाट भने सचिवको प्रतिनिधित्व रहेको थियो ।

परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइकी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?