डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा २ जना घाईते

दार्चुला । डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा दुर्घटना भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ छब्बीसे मोडमा बझाङबाट धनगढी तर्फ गइरहेको ना ६ ख १९८२ नम्बरको बस र धनगढीबाट बझाङ तर्फ आइरहेको सु.प. प्र ००२ त ४४०३ नम्बरको ट्याक्टर आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक र बसका यात्रा गरिरहेका एक गरि दुईजना घाइते भएका छन् । ट्याक्टर चालकलाई डडेल्धुरा अस्पतालमा लगिएको छ । बाह्य चोट नदेखिएको पनि आन्तरिक समस्या हुन सक्ने अनुमानमा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बसमा यात्रा गरिरहेको खप्तडछान्ना–५ का हिरू कार्कीको दाहिने हातमा बसको अगाडिको सिसाले काटिएको छ । घाईते दुबै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?