दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२।८३ को लागी ५५ करोड ५२ लाख ९७ हजार ८ सय ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाको १८औँ अधिवेशनमा उपाध्यक्ष विनोद कुवँरले उक्त बजेट सार्वजनिक गरेका हुन । जसअनुसार चालु आर्थिक वर्षमा व्याँस गाउँपालिकाले गाउँपालिकाको विकास स्तम्भको रुपमा रहेको तिमुरपाटा हुती धौलाकोट मड्गाउँ माल सडकमा २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै वडा नम्बर ६ मा १५ सैयाको अस्पताल निर्माणको लागी ५० लाख, गाउँपालिका अन्र्तरगत रहेका सहजकर्ता शिक्षकहरुको लागी १ करोड ८० लाख र नेपाल सरकारबाट डोकट लिप्ट खानेपानीको लागी ६७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । व्याँस गाउँपालिकाले वडा स्तरिय योजना तथा कार्यक्रम खर्चतर्फ १ करोड २६ लाख विषयगत शाखाहरुको चालु तथा पुँजीगत कार्यक्रम खर्चको लागी १ करोड ६१ लाख ५० हजार, गाउँपालिकाबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागी ८ करोड ५१ लाख ९३ हजार, प्रशासनिक तथा अन्य खर्च तर्फ ११ करोड ३६ लाख ५४ हजार ८ सय ७१ रुपैयाँ व्यय अनुमान गरिएको छ ।
त्यस्तै संघ तथा प्रदेश सरकारको वित्तिय हस्तान्तरण अनुदानतर्फ ३१ करोड १७ लाख आन्तरिक स्रोत तर्फ १ करोड ५० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८२।८३ मा व्याँस गाउँपालिकाको लागि संघिय सरकारबाट प्राप्त हुने राजस्व बाडफाटको ११ करोड १० लाख ३६ हजार, ८ सय ७१ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त २६ लाख १८ हजार, संघ वित्तिय समानिकरण १० करोड २३ लाख संघ सर्शत अनुदान २८ करोड १८ लाख संघ समपुरक अनुदान १ करोड ३२ लाख संघ विषेश अनुदान ६७ लाख आय अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश वित्तिय समानीकरण ८६ लाख ४३ हजार, प्रदेश सर्शत अनुदान १ करोड गत वर्षको मौज्जाद १ करोड ५० लाख र आन्तरिक आय ४० लाख गरी कुल ५५ करोड ५२ लाख ९७ हजार ८ सय ७१ रुपैयाँ आय अनुमान गरिएको छ ।
गाउँसभाको १८औँ अधिवेशनबाट गाउँपालिकाले अगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।





प्रतिक्रिया