दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्ण माध्यमिक विद्यालय लालीमा लागुऔषध न्यूनिकरणको लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ।
इलाका प्रहरी कार्यालय लालीको आयोजनामा लागुऔषध न्यूनिकरण तथा प्रहरीले प्रदान गर्ने सेवासुविधाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा लागुऔषधको प्रयोगले देखिने समस्या, नकारात्मक प्रभाव र यस्को सामाजिक एवं कानूनी असरका साथै लागुऔषध नियन्त्ररण तथा रोकथामका उपायबारे सहभागि विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक ईश्वर बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममले लागुऔषध दुरुपयोग नियन्त्रण गरि विद्यार्थीहरुलाई समाजको सचेत नागरिकको रुपमा स्थापित गर्न मद्त पुग्ने विश्वास लिइएको थापाको भनाई छ।





प्रतिक्रिया