दार्चुला । बैतडीमा एक किशोरी मुत फेला परेकी छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटकी १७ वर्षीया मञ्जु बोहरा सोमवार (आज) बिहान घरभित्तै सुत्ने कोठामा मृत फेला परेको पुर्चौडीबाट रेडियो लोकदर्पण समाचारदाता हरि साउँदले जानकारी दिनुभयो ।
बोहरा वडा नम्बर ५ कै भुमिराज माध्यमिक विद्यालय काटैँ गहताडमा कक्षा ९ मा अध्ययनरत थिइन । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पुलघाटको टोली गएको छ ।यसैबिच भुमिराज माध्यमिक विद्यालय काटैँ गहताडमा आज शोक बिदा दिइएको छ ।





प्रतिक्रिया