धनगढीमा बाहिर ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

दार्चुला । धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताउनुभयो । सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?