बैतडीको पुर्चौडी नगरपालिकाले ल्यायो ६४ करोड १२ लाखको बजेट

दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ ।

नगर प्रमुख दिपक बहादुर बमले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि मंगलवार (हिजो) नगरसभाको १६औँ अधिवेशनबाट नगर उप–प्रमुख मीना धानुकको निर्देशनमा नगर प्रवक्ता धिरेन्द्रबहादुर बमले उक्त बजेट नगर सभामा पेश गरेका हुन् ।

यस्तै नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिनुभयो । नगरपालिकाले बसाइसराई गरेर नगर क्षेत्रमा आउने नागरिकलाई नगदसहित नागरिक अभिनन्दन गर्ने नीति लिएको छ । नागरिकस्तरबाट गाउँ फर्क अभियान सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै प्राकृतिक पोखरी पुनर्भरण कार्यक्रम सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी शिक्षक सक्रिय राजनीतिमा लागेको पाइएमा जिम्मेवारीबाट मुक्त गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने नगर प्रमुख दिपकबहादुर बमले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?