सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको परिषद्मा साउँद नियुक्त भएका हुन्। साउद विगत एक दशकदेखि खेलकुद तथा युवाका सवालमा क्रियाशील रहँदै आएका थिए।

उनी सामाजिक अभियन्ता, युवा नेताका साथै राष्ट्रिय खेलाडी समेत हुन्। प्रदेश सरकारले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहभागी गराउन परिषदमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नयाँ कार्यकारी उपाध्यक्षको रूपमा नियुक्त भएपछि सावदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। उनले प्रदेशभरका युवाहरुलाई एकीकृत गर्दै समावेशी र दूरगामी योजनाहरू अघि सार्ने योजना बनाएको बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?