दार्चुला । बैतडीका नयाँ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल हाजिर भएका छन् ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएपछि पौडेल नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हुन् । उनको गोरखा जिल्लाबाट बैतडी सरुवा भएको हो ।
बुधवार आफू जिल्लामा हाजिर भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ । जिल्लामा आएपछि सबै सरोकारवालाहरुसंग परिचयात्मक तथा भेटघाट कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो । जिल्लामा रहँदा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा समेत गरेका छन् ।





प्रतिक्रिया