दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना कार्यान्वयन सम्बन्धि विषयगत शिक्षकहरुको लागी २ दिने तालिम सुरु भएको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाभित्रका २२ वटै सामुदायिक विद्यालयका शिक्षकहरुलाई दुइ दिने तालिम सञ्चालन गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो । तालिममा गाउँपालिकाभित्रका २२ वटा विद्यालयका ३८ जना शिक्षकहरुको सहभागिता रहेको छ ।
तालिममा सहभागी शिक्षकहरुलाई गाउँपालिकाका शिक्षा अधिकृत विरेन्द्र साउँद र शिक्षा शाखाका प्राविधिक सहायक मदन राज जोशीले प्रशिक्षण गराइरहेका छन् । गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा शाखागत कर्मचारी, शिक्षक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया