दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाको शैल्यशिखर नगरपालिकाले २७.६५ प्रतिशत नतिजा ल्याएको छ ।
शुक्रवार प्रकाशित नतिजा अनुसार शैल्यशिखर नगरपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरुमध्ये सबैभन्दा बढी लटिनाथ मावि तल्चोरामा (२० जनामध्ये १३ जना) विद्यार्थी उत्तिर्ण भएका छन् भने सबैभन्दा कम बद्रिनाथ माध्यमिक विद्यालय बोहरीगाउँ (२० जनामा शून्य) नतिजा आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बल्देब भट्टले जानकारी दिनुभयो ।
त्यस्तै पशुपति भवन मावि ग्वानीमा ३० जनामध्ये १४ जना, कृष्ण मावि बलाचमा ३६ जनामध्ये ४ जना, सत्यप्रकाश मावि देथलामा ३३ जनमध्ये १५ जना, भुमिराज मावि तौकीमा २८ जनामा ६ जना मालिकार्जुन मावि काडापारीमा ४९ जनामा ४ जना विद्यार्थी उत्तिर्ण भएका छन् । मालिकार्जुन मावि मिलमिलीमा ३९ जनामा ८ जना, हुनैनाथ मावि देवथलीमा १५ जनामा ५ जना,गलैनाथ मावि झरकाँडामा २७ जनामा ६ जना, गोकुलेश्वर मावि गोकुलेमा ६० जनामा २६ जना र लटिनाथ मावि बस्कोटमा ३९ जनामध्ये ९ जना उत्तिर्ण भएको शिक्षा शाखा प्रमुख भट्टले बताउनुभएको छ ।
नगरपालिकाभित्रका १३ वटै विद्यालयका ४ सय ५२ जना परीक्षार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमध्ये १ सय २५ जना (२७. ६५) प्रतिशत नतिजा आएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा अवस्थित चौलानी सेकेण्डी बोर्डिङ स्कुल गोकुलेश्वरले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । उक्त विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ६ जनानै उत्तिर्ण भएका विद्यालयका सयोजक शम्भु भट्टले जानकारी दिनुभयो ।





प्रतिक्रिया