मार्माले एसईईमा ल्यायो २२.५७ प्रतिशत नतिजा, मावि रस्कोटबाट २१ जना उत्तिर्ण

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२.५७ प्रतिशत नतिजा ल्याएको छ ।

गाउँपालिकाका अन्तरगत रहेका ७ वटा विद्यालयमध्ये लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा कुल ६२ जनामध्ये २१ जना उत्तिर्ण भएका छन् भने सबैभन्दा कम दुर्गेश्वरी माध्यमिक विद्यालय घोल्जरमा कुल २५ जनामध्ये ३ जना उतिर्ण भएको मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र जोशीले जानकारी दिनुभयो ।

त्यस्तै दुर्गेश्वरी माध्यमिक विद्यालय ताकुमा १८ जनामध्ये ३ जना, तपोवन माध्यमिक विद्यालय पडपडामा ६५ जनामध्ये १४ जना, सल्लेधार माध्यमिक विद्यालय मुरैमा ३५ जनामध्ये ६ जना र शिवलिङ्ग माध्यमिक विद्यालय पत्थरकाँडामा १० जनामध्ये २ जना उत्तिर्ण भएको अधिकृत जोशीले बताउनुभयो ।

७ वटा विद्यालयका कुल २ सय ५७ जना विद्यार्थीमध्ये ५८ जना (२२.५७) प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?