एसीसी यू-१६: इन्डोनेसियाविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, १५ ओभरमा जोड्यो १८० रन

दार्चुला । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गरिरहेको छ ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको नेपालले विष्फोटक ब्याटिङ गर्दै १५ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १८० रन बनाएका हो ।

नेपालका लागि परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भएका छन्। त्यस्तै प्रशिद्ध जैसीले ४९ बलमा ७९ रन जोड्दै नट आउट छन् ।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ । प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?