एसईईमा व्याँस गाउँपालिकाका १७ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये १७.३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गाउँपालिका भरिका ६ वटा विद्यालयबाट १ सय १४ जनाले एसईई परीक्षा दिएकोमा २४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिकाको बसन्तपुर मावि बसेडीबाट २३ जनाले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका छन् । त्यस्तै सम्पाल मावि सुन्सेराबाट ३० जनाले परीक्षा दिएकोमा ६ जना, हिमालय मावि हुतीबाट २६ जनाले परीक्षा दिएकोमा ५ जना, सिद्ध मावि सिनाबाट १७ जनाले परीक्षा दिएकोमा ३ जना र ब्रह्मस्थान मावि डोकटबाट १७ जनाले परीक्षा दिएकोमा २ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिकाको दुर्गास्थान मावि स्याँकुबाट २५ जनाले परीक्षा दिएकोमा सबै (ननग्रडेड) अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?