एसईई परीक्षाः अपिहिमालका १६ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये १६.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गाउँपालिका भरिका ४ वटा विद्यालयबाट ८१ जनाले एसईई परीक्षा दिएकोमा १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिकाको भवानी मावि सौगन्नाबाट १६ जनाले एसईई परीक्षा दिएकोमा ७ जना उत्तीर्ण भएका छन् । त्यस्तै खण्डेश्वरी मावि क्षेतीबाट प्राविधिक धार तर्फ २९ जनाले परीक्षा दिएकोमा २ जना र साधारण धार तर्फ १८ जनाले परीक्षा दिएकोमा १ जना, महादेव मावि घुसाबाट १३ जनाले परीक्षा दिएकोमा २ र छिपुलकेदार मावि धंकबाट ५ जनाले परीक्षा दिएकोमा १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?