दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ३०.१५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत चुडामणी अवस्थीले जानकारी दिनुभयो।
गाउँपालिका भरिका ९ वटा विद्यालयबाट २ सय ५२ जनाले एसईई परीक्षा दिएकोमा ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
गाउँपालिकाको गल्लाकेदार माध्यमिक विद्यालय खरकडाबाट २९ जनाले परीक्षा दिएकोमा १५ जना(५१.१५ प्रतिशत) विद्यार्थी (ग्रेडेड) उत्तीर्ण भएका छन् ।
त्यस्तै मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाँउबाट २७ जनाले परीक्षा दिएकोमा १३ जना ( ४८.१४ प्रतिशत), केदारनाथ माध्यमिक विद्यायलबाट १७ जनाले परीक्षा दिएकोमा ८ जना(४७.०५ प्रतिशत), हुनैनाथ माध्यमिक विद्यालय रातामाटाबाट १८ जनाले परीक्षा दिएकोमा ७ जना( ३८.८८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै बडिपुर माध्यमिक विद्यालय सर्मोलीबाट ३८ जनाले परीक्षा दिएकोमा ११ जना(२८.९४ प्रतिशत), ऐडिबाग माध्यमिक विद्यालय मैखोलीबाट १५ जनाले परीक्षा दिएकोमा ४ जना (२६.६६ प्रतिशत), लटिनाथ माध्यमिक विद्यालय चौपाताबाट ६२ जनाले परीक्षा दिएकोमा ११ जना(१७.७४ प्रतिशत), हुनैनाथ माध्यमिक विद्यालय कुणीबाट २५ जनाले परीक्षा दिएकोमा ४ जना(१६ प्रतिशत) र कृष्ण माध्यमिक विद्यालय लालीबाट २१ जनाले परीक्षा दिएकोमा ३ जना (१४.२८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ।





प्रतिक्रिया