अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु

बझाङ । बझाङको बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ।

अरिङ्गालले टोक्दा बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो।

बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेर घाइते भएका ओखेडाको गएराति नै मृत्यु भएको मृतकका आफन्त सुरेश ओखेडाले बताए।

अरिङ्गालले टोकेर घाइते बालकलाई स्थानीय मेडीकलमा प्राथमिक उपचार गरिएको थियो। उपचारका क्रममा प्रभाकरको ज्यान गएको आफन्त ओखेडाले बताए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?