रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने

दार्चुला । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुने भएको छ ।

आज बसेको बैठकले रिक्त प्रतिनिधिसभा सदस्य पदमा कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

२०७९ साल मङ्सिर ४ गते भएको चुनावमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि पद रिक्त रहेको छ । बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधन भएसँगै रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

योसँगै रुपन्देही–३ मा मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?