दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विद्यालय योग शिक्षा कार्यक्रम अन्तरगत ५ दिने “प्रशिक्षक प्रशिक्षण” तालिम सुरु भएको छ ।
अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रशिक्षक प्रशिक्षण तालिम मंगलवार (आज) बाट सुरु भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।
तालिममा गाउँपालिकाभित्रका १५ वटा विद्यालयका प्रशिक्षक शिक्षकहरुको सहभागिता रहेको छ । विद्यालयका प्रशिक्षकहरुलाई थप प्रशिक्षण दिइने र उनीहरुले विद्यालयहरुमा योग शिविर सञ्चालन गर्ने बताइएको छ ।
योग शिक्षा कार्यक्रम गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको छ ।





प्रतिक्रिया