दार्चुला। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सम्पन्न भएपछि बजेटसँग सम्बन्धित विधेयक सभामुख भीमबहादुर भण्डारीले सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

यस प्रदेशमा ३३ अर्ब ४७ करोड रूपैयाँको बजेट पेश भएको थियो । सत्ता र विपक्षी दलका गरी २७ जना सांसदले छलफलमा भाग लिएका थिए । छलफलका क्रममा अधिकांश प्रदेश सभा सदस्यहरूले योजना खरिदबिक्रीमा बिचौलिया संलग्न भएको आरोप लगाउँदै त्यसबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए ।

यद्यपि बजेटको आलोचना र छानबिनको माग भइरहँदा समेत सर्वसम्मतिले पारित भएको सभामुख भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?