दार्चुला । सुदूरपश्चिम प्रदेशका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २० जनाको कोरोना परीक्षण भएकोमा एक सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज धनगढी उप–महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का चार जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का दुई÷दुई जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या आठ सय ६४ पुगेको छ ।

यस्तै गोदावरी नगरपालिकाका छ जना र गौरीगंगा नगरपालिका वडा नम्बर २ का एक जनामा संक्रमण देखिएको छ भने कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जना र महाकाली नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ। ७४ जनाको कोरोना परीक्षण भएकोमा १० जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको साफेबगर नगरपालिकाका छ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २९ जनाको कोरोना परीक्षण भएकोमा सात जनामा संक्रमण पुष्टि भएको छ ।

डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले आज गरिएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या आठ हजार ४१ पुगेको छ।

संक्रमण पुष्टि भएका छ हजार छ सय ८८ जनाले कोरोना जितेका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?