मार्माको सिराडभुमि आवि छिपानको विद्यालय भवन जीर्ण हुदा त्रिपाल मुनि कक्षा सञ्चालन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ स्थित सिराडभुमि आधारभूत विद्यालय छिपानमा विद्यालय भवन नहुदा त्रिपाल मुनि कक्षा सञ्चालन भइरहेको छ।

सशस्त्र द्वन्द्वकालमा निर्माण गरिएको चार कोठे विद्यालय भवन जीर्ण भएर भत्किन थालेपछि विद्यालयले त्रिपाल मुनि राखेर विद्यार्थी पढाउन थालेको विद्यालयका प्रधानाध्यापक प्रेमसिंह डडालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ६ र कक्षा ७ का विद्यार्थीलाई विद्यालयले त्रिपाल खरिद गरेर कक्षा बनाएको छ। कक्षा ६ मा आठ र कक्षा ७ मा ११ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कूल १०१ विद्यार्थी अध्ययनरत छन्। भौतिक पूर्वाधार विद्यालयको जीर्ण अवस्थामा छन्। २०७७÷७८ मा गाउँपालिकाले दुई कोठे भवन निर्माण गरेको थियो। त्यहीँ भवनको माथि अहिले त्रिपाल राखेर कक्षा सञ्चालन भइरहेको बताइएको छ

२०६० साल अघि जिल्ला शिक्षा कार्यालय निर्माण गरेको दुई कोठे भवन पनि जीर्ण अवस्थामा पुगेको छ। वडा नम्बर ६ का वडाध्यक्ष सन्तोषसिंह कोट्टारी विद्यालय भवन जीर्ण रहेको भए पनि त्रिपाल मुनि कक्षा सञ्चालन गर्नुपर्ने अवस्थाबारे जानकारी नआएको र आगामी आर्थिक वर्षमा दुई कोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले विद्यालय भवन अभाव हुने अवस्था आएपछि आगामी वर्षका लागि २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । त्रिपालमा विद्यार्थी पढाइरहेको विषयमा आफूहरूलाई विद्यालयले कुनै जानकारी नगरेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?