दार्चुला । महाकाली नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बेपत्ता हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ सुरकाडाका अन्दाजी २६÷२७ वर्षीय पुड्के लुहार रहेका छन् ।
लुहार महाकाली नगरपालिका वडा नम्बर ८ कै रिज्यौँडा भन्ने स्थानमा महाकाली नदीमा पौडी खेल्ने क्रममा विहीबार दिउसो बगेर बेपत्ता भएको प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
लुहारलाई महाकालीले बगाएर बेपत्ता भएको थाहा पाउने वित्तिक्कै महाकाली नदी तटिय क्षेत्रका धाप, दत्तु, जौलजीवि र लाली चौकीबाट प्रहरी टोली खटिएर खोजि गर्ने काम भइरहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।




