दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा शिक्षा समितिले पुर्णता पाएको छ ।
गाउँपालिका अध्यक्ष परमानन्द जोशीको अध्यक्षता रहने समितिमा पदेन सदस्यहरु बाहेकका सदस्यहरुलाई विहिबार मनोनित गरिएको हो ।

लेकम गाउँपालिका शिक्षा शाखाका अनुसार प्रधानाद्यापकहरु मध्येबाट हुनैनाथ माबि कुणीका प्रधानाद्यापक अम्बादत्त जोशी र गल्लाकेदार माबि खरकडाका प्रधानाद्यापक दामोदर पन्त मनोनित हुनुभएको छ । यस्तै स्थानीय सामुदायिक संस्था वा शिक्षा क्षेत्रका विज्ञमध्ये लटिनाथ नमुना माबि चौपाताका प्रधानाद्यापक केशबराज बिष्ट मनोनित हुनुभएको छ ।

कार्यपालिका सदस्यबाट दुई जना मनोनित गर्नुपर्ने व्यवस्था अनुसार कार्यपालिका सदस्यद्धय ईश्वरी बोहरा र गोबिन्दराम बादी मनोनित हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्येबाट मालिकार्जुन माबि तेलिगाउँका अध्यक्ष उत्तम नाथ मनोनित हुनुभएको छ । गाउँपालिकाको शिक्षक महासंघको तर्फबाट शिक्षक महासंघ अध्यक्ष केशबराज जोशी मनोनित हुनुभएको छ ।

समितिमा गाउँपालिका अध्यक्ष परमानन्द जोशी अध्यक्ष, सामाजिक विकास समिति अध्यक्ष राजेन्द्र प्रसाद जोशी पदेन सदस्य, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर ऐरी पदेन सदस्य र शिक्षा शाखा संयोजक लक्ष्मी बिष्ट सदस्य सचिब रहने व्यवस्था छ ।

११ सदस्यिय शिक्षा समितिले शिक्षा ऐन २०७७ बमोजिम पुर्णता पाएको गाउँपालिकाको शिक्षा शाखामा कार्यरत श्रोत व्याक्ति मोहनदेब बिष्टले जानकारी दिनुभयो । गाउँपालिका भरीका सामुदायिक विद्यालयहरुको व्यवस्थापन, रेखदेख, संरक्षण, बृद्धि बिकास लगायत काम शिक्षा समितिले गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?