कञ्चनपुरमा पानीको बाल्टीमा डुबेर बालिकाको मृत्यु

दार्चुला । कञ्चनपुरमा पानीको बाल्टीको डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलचौडाका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो।

घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। पानीमा डुबेपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?