दार्चुला बैतडी लगायत सुदूरपश्चिममा वर्षाको सम्भावना, भारतले खोल्यो धौलीगंगा बाँध

दार्चुला । गएराति देशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै म्याग्दीमा ४० मिलिमिटर पानी परेको छ ।

अहिले दार्चुला र आसपासमा मध्यम वर्षा भइरहेको छ । राति काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा खासै पानी परेन । आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यसैबिच भारतले धौलीगंगाको बाँध खोलेको छ । हिजोरातीदेखि धौलीगंगा बाँध खुल्ला गरिएकाले नदी तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । भारतले धौलीगंगा बाँध खोल्नेबारे हिजो कुनैपनी सूचना नदिएको र आज बिहानमात्रै बाँध खुल्ला गरिएको सूचना प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?