दार्चुला । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।
मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिनुभयो । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने छ । शुक्रवार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्तावगरेका हुन् । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।
राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतवार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।





प्रतिक्रिया