अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी

दार्चुला । कैलालीको अत्तरियामा बिक्रीका लागि राखिएको टमाटरमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

दाङबाट आयात गरेर अत्तरियाको कृषि उपज थोक बजारमा रहेको सिर्जना एन्ड राजेश सप्लायर्समा बिक्रीका लागि राखिएको टमाटरमा ९५ दशमलव ६७ रोकावट प्रतिशत अर्गानोफस्फेटको मात्रा भेटिएको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियामा गरिएको परीक्षणमा रेड लेबलको विषादी भेटिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । उनले विषादीको रोकावट प्रतिशत ३५ भन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ भए केही दिन पर्खेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशत भन्दा माथि भए नष्ट गर्नुपर्ने बताइएको छ । उनले बिक्रीका लागि राखिएको ५ सय ६० केजी टमाटरको नमुना परीक्षण गर्दा विषादी भेटिएकाले सबै नष्ट गरिएको बताउनुभयो ।

उक्त टमाटर गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्ट लगायतका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?