मार्मा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा चालु आर्थिक वर्ष २०८१/०८२ को चौथौ त्रैमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार (आज) गाउँपालिकाको सभाहलमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशीले जानकारी दिनुभयो ।

कार्यक्रमको खुल्ला छलफल शत्रमा पूर्वाधार विकास,विपद् व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने, लगायतका गुनासा तथा सुझावहरु प्राप्त भएका छन् । सहभागीबाट प्राप्त सुझावहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जमन सिंह धामीले आगामी वर्षमा बाकीँ रहेका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै कार्यमक्रममा विपद् जोखिमको बारेमा छलफल सहित विपद् जोखिम आवश्यक पूर्व तयारी र पुनःस्थापनाका लागी गाउँपालिकाले आवश्यक पहल गरिरहेको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी प्रमुख जवाफदेही बक्ता रहनुभएको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंह, शाखागत कर्मचारीहरु, वडा अध्यक्षहरु, स्थानीय लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?