आदिलसहित ३२ जनालाई क्यानले टी-२० विश्वकप छनोटको तयारी क्याम्पमा बोलायो

दार्चुला । आईसीसी टी-ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ३२ जना खेलाडीलाई क्याम्पमा बोलाएको छ । टी-२० विश्वकप छनोटको क्याम्पमा बोलाइएका खेलाडीमा मोहम्मद आदिल आलम पनि छन् ।

२०७९ सालको मङ्सिरमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी-२० लिगका क्रममा ‘स्पट फिक्सिङ’ को आरोपमा प्रतिबन्धमा परेका आदिल झन्डै तीन वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा परेका हुन् । तर आरोप प्रमाणित नभएपछि उनले गएको वैशाख २१ गते क्रिकेटमा फर्किन अनुमति पाएका थिए । प्रारम्भिक टोलीमा युवा खेलाडी युवराज खत्री पनि अटाएका छन् ।

नेपालले आउँदो अक्टोबरमा ओमानमा टी–२० विश्वकप छनोट खेल्दैछ । छनोटमा सहभागी ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यस्तो छ टोली–

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल साह, आरिफ शेख, विवेक यादव, आसिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भीम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिस जिसी, शुभ कंसाकर, शाहब आलम, ललित राजवंशी, अर्जुन घर्ती, युवराज खत्री, कमलसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?