दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ स्थित चौसिला पहिरोको रोकथामको लागि बृक्षरोपण गरिने भएको छ ।
गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशन गर्दै उक्त क्षेत्रमा पहिराको रोकथामको लागि साउन १ गते (भोली) बृक्षरोपण गर्ने जनाएको छ । बारम्बार पहिरो खसिरहने ठुलो खोला,भुल्चौरा र चौसेला क्षेत्रमा बृक्षरोपण गरिने गाउँपालिका उपाध्यक्ष विनोद कुवँरले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा बृक्षरोपणको लागि जिल्ला बन कार्यालय दार्चुला र जलाधार कार्यालयले विभिन्न प्रकारका बोटहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । बृक्षरोपण विहान ११ बजेबाट सुरु हुने भएकाले पायक पर्ने सम्र्पुण सरकारी कार्यालयका कर्मचारी, विद्यालय,संघ संस्था,युवाक्लव लगायत सरोकारवालाहरुलाई बृक्षरोपणमा सहभागी हुन अनुरोध गरिएको छ ।





प्रतिक्रिया