दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पालिकास्तरीय बालसञ्जाल गठन गरिएको छ। मालिकार्जुन गाउँपालिका महिला तथा बालबालिका शाखाको सहजीकरण तथा गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपालको सहजिकरणमा संजाल गठन गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर माध्यमिक विद्यालय पस्तीमा भएको भेलाले पालिकास्तरीय सञ्जाल गठन गरिएको मालिकार्जुन गाउँपालिकाका महिला विकास निरीक्षक आरती शर्माले जानकारी दिनुभयो ।
भेलाबाट भुरी टमटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जाल १३ सदस्यीय गठन गर्नुपर्ने भए पनि आज गाउँपालिका भित्रका ४ वटा विद्यालयका बालक्वका बालबालिका सहभागि नभएकोले ९ सदस्य मात्रै राखेको र अन्य विद्यालयका ४ जना सदस्य थपिने उहाँले बताउनुभयो ।
समितिले बाल अधिकारको संरक्षण, बालमैत्री समाज निर्माण तथा बाल सहभागिता प्रवद्र्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बैठकमा गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामी लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।





प्रतिक्रिया