नेपालले फेरि जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

दार्चुला । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लगातार दोस्रो पटक ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ ।

सामाजिक सञ्जालमा समर्थकहरूको उत्साहजनक उपस्थितिका कारण विश्वभरका क्रिकेट बोर्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई यो अवार्ड प्रदान गरेको हो ।

नेपाल क्रिकेट सङ्घको सामाजिक सञ्जाल प्लेटफर्म– फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्समा कुल पहुँच झन्डै ११ करोड ७० लाख पुगेको र फलोअर्स सङ्ख्या ११ लाख ७० हजारबाट बढेर झन्डै ११ लाख ६० हजार पुगेको छ । यसमा ४ लाख २० हजारभन्दा धेरै नयाँ फलोअर्स थपिएका छन् ।

यस्तै क्यानको फेसबुकमा भिडियो हेर्ने समय दोब्बरले बढेर १ करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने घरेलु खाता हेर्ने समय पनि ४४ लाख मिनेटभन्दा धेरै पुगेको छ ।

यस्तै युट्युब हेर्ने समय २ सय ७७ प्रतिशतले बढेर २१ लाख ३० हजार घण्टा र इन्स्टाग्राममा ४ करोडभन्दा धेरै भ्युज पुगेको छ ।

गएको वर्ष फेसबुक लगायतका सामाजिक सञ्जालमा फ्यानबेस ४ सय प्रतिशतभन्दा धेरैले बढ्दा नेपालले यो अवार्ड जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?