आज साउनको पहिलो सोमबार, शिवको पूजा आराधना गरी मनाईदै

दार्चुला । आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्। महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेँलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन्।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस पटकको साउन महिनामा पनि ४ वटा सोमवार परेको छ। महिलाहरु ब्रत बसि पूजा गर्न शिव मन्दिरहरूमा जाने गर्दछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?