सुदूरपश्चिम प्रदेशसहित केही ठाउँमा ठूलो वर्षाको सम्भावना

दार्चुला । सुदूरपश्चिम प्रदेशसहित देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी परे पनि अहिले भने कम भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशकको पहाडी भू–भागका केही ठाउँहरुमा तथा बाँकी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?