दार्चुला । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका वडा नम्बर १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिनुभयो ।

पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ चौकी भइ हाल धनगढी बस्दै आएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो । मृतक पन्त जानकी गाउँपालिका वडा नम्बर ४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

टीकापुर नगरपालिका वडा नम्बर १ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे । पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?