दार्चुलामा एक बर्षमा २,१११ सवारी कार्वाहीबाट १२ लाख ६८ हजार राजस्व संकलन

दार्चुला । दार्चुलामा गत आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लघन गर्ने दुई हजार बढी सवारी चालकलाई कार्वाही गरिएको छ। जिल्लाभरी एक बर्षको अवधिमा ट्राफिक नियम उल्ङघन गर्ने २ हजार १११ सवारी चालकलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी सहायक निरीक्षक हेमबहादुर कठायतले जानकारी दिनुभयो । उक्त कार्वाहीबाट १२ लाख ६८ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला भरि गत आर्थिक बर्षमा सबैभन्दा बढी जीप/कार कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाभरि १ हजार ४३४ वटा जीप/कार ट्राफिक कार्वाहीमा परेका छन् । जीप/कारको कारवाहीबाट मात्रै ८ लाख ३७ हजार रुपैँया राजस्व संकलन भएको छ । त्यस्तै १७० वटा टेक्टर कारवाहीबाट १ लाख १५ हजार रुपैँया, १९१ वटा मोटरसाईकल कार्वाहीबाट १ लाख १६ हजार २ सय रुपैँया, ८३ वटा ट्रक कार्वाहीबाट ६७ हजार रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हेमबहादुर कठायतले बताउनुभयो । यस्तै ट्राफिक नियम उल्ङ्घन गर्ने १२ वटा बस कार्वाहीबाट ६ हजार ५ सय रुपैँया र १९३ अन्य सवारी कार्वाहीबाट १ लाख ३० हजार ५ सय रुपैँया गरि कुल २ हजार १११ सवारी कार्वाहीबाट १२ लाख ६८ हजार ५ सय रुपैँया राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय दार्चुलाको तंथ्याक अनुसार साउनमा ११२ वटा वटा सवारी साधनबाट ६१ हजार रुपैँया राजस्व संकलन गरिएको छ । त्यस्तै भदौ महिनामा १५३ वटा सवारी साधन कार्वाहीमा पर्दा ८३ हजार, असोजमा १६१ सवारी साधन कार्वाहीमा पर्दा ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । कार्तिक महिनामा १८३ सवारी कार्वाहीबाट १ लाख ५ हजार ५ सय रुपैयाँ, मंसिरमा १९७ वटा सवारी साधन कार्वाहीबाट १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै पुष महिनामा १४४ वटा सवारी कार्वाहीबाट ८० हजार ५ सय, माघमा १८१ सवारी कार्वाहीबाट १ लाख ७ हजार ५ सय रुपैयाँ, फागनुमा १५३ सवारी साधनबाट ९९ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै चैत्र महिनामा १९८ सवारी कार्वाहीबाट १ लाख १५ हजार, बैशाखमा ३ सय सवारी कार्वाहीबाट १ लाख ७५ हजार, जेष्ठ महिनामा १६३ सवारी कार्वाहीबाट १ लाख ५ हजार र असारमा १५८ सवारी कार्वाहीबाट १ लाख २९ हजार ५ सय रुपैँया राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

तोकिएको भन्दा बढी मालसामान राख्ने, क्षमता भन्दा बढी यात्रु बसाल्ने, प्रयोजन बिपरीत सवारी चलाउने, छतमा यात्रु बोक्ने, सवारी चालक अनुमति पत्र बिनै सवारी चलाउने, सवारी दुर्घटना तथा यात्रुको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएमा तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायतका ट्राफिक नियम उल्ङ्घन गर्नेलाई ट्राफिक कार्वाही गरिएको कठायतले बताउनुभयो । अहिले दार्चुलाका विभिन्न ५ वटा ठाउँमा ट्राफिक पोष्ट रहेका छन् । जिल्ला सदरमुकाम खंलगासहित शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको चैतलिचौर, मार्मा गाउँपालिकाको लटिनाथ र नौगाड गाउँपालिकाका होपरिगाड गरि ५ ठाउँमा ट्राफिक प्रहरी पोष्ट राखिएको कार्यालय प्रमुख कठायतले बताउनुभयो ।

दार्चुलामा ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूसँग सङ्कलन हुने जरिवाना राजश्व अनलाइनमार्फत सिधै बैङ्कमा जम्मा गर्न सकिने उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले गत जेष्ठ १५ गतेबाटै लागू हुनेगरी ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व सङ्कलन सुरु गरेपछि अनलाइनमार्फत सिधै बैङ्कमा रकम जम्मा गर्न थालिएको हो । जिल्लामा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व उठाउन थालिएकाले अहिले ठाउँ–ठाउँबाट जरिवाना सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?