बैतडीको पुर्चौडीमा भिरबाट लडेर १७ बर्षीया किशोरीको मृत्यु

दार्चुला । बैतडीमा भिरबाट लडेर १७ बर्षीया एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ दहतली परगैराकी १७ बर्षीया रश्मी बोहराको वडा नम्बर ५ कै गलेखी भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी बोहराको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताउनुभयो ।

बुधबार (हिजो) बाख्रा चराउन गएकी बोहराको गलेखी भिरबाट लडेर घटना स्थलमै ज्यान गएको स्थानीय, पत्रकार हरि साउदले जानकारी दिनुभयो । मृतक किशारी भुमिराज माध्यमिक विद्याल काटै गहताडमा कक्षा १० मा अध्यनरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?