भारतसँग जोडिएका बैतडीका नाका शुक्रबार साँझदेखि बन्द हुने

दार्चुला । भारतसँग सीमा जोडिएका बैतडीका नाकाहरु शुक्रबार साँझ ७ बजेदेखि बन्द हुने भएका छन् । झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालनमा रहेका घाटहरु समेत बन्द रहने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

झुलाघाट नाकामा पुलबाट आवतजावत गर्ने गरिन्छ भन तल्लोसोराड क्षेत्रमा डुङ्गबाट महाकाली नदी वारपार गर्ने गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशमा भइरहेको पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर शुक्रबार साँझ ७ बजेदेखि साउन १२ गते मतदान प्रक्रिया सम्पन्न नहुँदा सम्म सीमा नाका बन्द रहने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

भारतीय पक्षले पञ्चायतस्तरको चुनावी सुरक्षाका लागि नाका बन्द गर्न पत्राचार गरेको र केही दिन पहिला भारतको पिथौरागढमा सम्पन्न भएको सीमा सुरक्षा समन्वय बैठकमा पनि चुनावको समयमा नाका बन्द गर्ने सहमति भएकाले सोही अनुसार नाका बन्द हुन लागेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?